Sunday, September 1, 2013


बच्चाले गर्भमै सिक्छ भाषा

एक नयाँ अध्ययनले शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।एक नयाँ अध्ययनले शिशुले गर्भबाटै बोल्न सिक्ने र बाहिर भएको कुराकानी थाहा पाउने तथ्य पत्ता लगाएको छ । फिनल्याण्डका वैज्ञानिकहरुले राम्रो सँग बोल्ने, गाउने तथा झगडा नगर्ने बुवा आमाका शिशुले गर्भमै भाषिक सिप विकाश गर्ने अवसर पाउने दाबी गरेका छन् ।








साफ च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात

१५ भदौ, काठमाडौं । काठमाडौंमा शनिबारबाट सुरु भएको साफ च्याम्पियनसिप फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा नेपालले बंगलादेशलाई २–० ले पराजित गर्दै सुखद सुरुवात मात्र गरेन, एएफसी च्यालेन्ज कपमा व्यहोरेको २–० को हारको बदला समेत लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल प्रस्तुत गरेको थियो । एकपछि अर्को गर्दै बंगलादेशको पोष्टमा धाबा बोलेको नेपाल १८ औं मिनेटमा सफल भयो । अनिल गुरुङले भोला सिलवालको पासमा हेडगोल गर्दै उत्कृष्ट गोल गरेका हुन् । अन्तराष्ट्रिय फुटबलमा अनिलको यो ८ औं गोल हो । पछिल्लो समय खराव प्रदर्शन गरेको भन्दै आलोचना हुँदै आएका अनिल शनिबार भने उत्कृष्ट फर्ममा देखिएका थिए । उनले २००७ मा ओमानविरुद्ध डेब्यू गरेका थिए । २३ औं मिनेटमा अनिलले अर्को मौका गुमाए ।

यो पनि पढ्नुस्

नेपालले यसरी बदला लियो बंगलादेशसँग (फोटो फिचर)

खेलको ३१ औं मिनेटमा भरत खबासले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । उनको पनि यो आठौं गोल हो । एक पछि अर्को गर्दै बंगलादेशमाथि दबाव कायम गरेको नेपालले पहिलो हापमा थप गोल गर्न सकेन । दोस्रो हापमा भने बंगलादेशले सुधारिएको प्रदर्शन गरेको थियो । तर, नेपालले आक्रमण खेललाई जारी राख्यो । अनिलको प्रहार बंगलादेशका रक्षकले मुस्किलले बताए । अन्तिमतिर जुमानु राईलाई मैदान उतारेर नेपालले तीन फवार्डलाई समेत खेलाएको थियो ।
खेलको ८३ औं मिनेटमा रोहितले दुई सुन्दर मौका गुमाए । जुमानु र अनिलको वान टच पासमा रोहितलाई गोलको सुन्दर मौका दिइएको थियो । तर, उनी सफल भएनन् । खेलेको अन्त्यतिर पनि उनको अर्को प्रहार बंगलादेशका गोलरक्षकले रोके । त्यसपछि पछि जुमानुको प्रहार उनले रोकेका थिए । खेलमा भरत खबास म्यान अफ दि म्याच घोषित भएका छन ।
प्रकाशको डेब्यू
बंगलादेशविरुद्धको खेलमा प्रकाश बुढाथोकीले डेब्यू गरेका छन् । उनी ६३ औं मिनेटमा जगजित श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका हुन् । बंगलादेशविरुद्धको खेलमा सबै टिकट विक्रि भएको छ । झण्डै १८ हजार दर्शक रंगशाला पुगेका थिए । साधारणतर्फ ४४ लाख र विशिष्ट प्याराफिटतर्फ १६ हजार गरी करिव ६० लाखको टिकट विक्रि भएको एन्फाले जनाएको छ ।

Sunday, August 26, 2012

GuruDakshina Cast and Crew


GuruDakshina Cast

Sunny Deol actor  Sunny Deol - Actor

Rituparna Sengupta actor  Rituparna Sengupta - Actor

Om Puri actor  Om Puri - Actor

GuruDakshina Crew

  • Ashwini Chaudhary - Director
  • Adnan Sami - Music Director
  • Sunny Deol, Parag Sanghavi - Producer


सलमानको भाउ आकासियो, एक फिल्मको पारिश्रमिक १ अर्ब

पछिल्लो फिल्म एक था टाइगर अहिलेसम्मकै सबैभन्दा सुपरहिट भएसँगै बलिउडका नम्बर वान अभिनेता सलमान खानको भाउ आकासिएको छ ।
सलमानको भाउ यतिधेरै बढेको छ की उनले एउटा फिल्ममा अभिनय गर्नका लागि १ अर्ब भारु पारिश्रमिक पाउने भएका छन् । निर्माता रमेश तोरानीले सलमानलाई आफ्नो नयाँ फिल्ममा खेल्नका लागि १ अर्ब भारु पारिश्रमिक दिने भएका हुन् ।
यद्यपि यो खबरको आधिकारिक रुपमा पुष्टि भैसकेको छैन तर यदि यो समाचार सही ठहरियो भने सलमान खान बलिउडकै सबैभन्दा महंगा हिरो बन्नेछन् ।
तोरानीले भने आफुले सलमानलाई भेट गरेको तथा सलमान आफ्नो फिल्ममा खेल्न राजी भएको बताएपनि सलमानलाई एक सय करोड भारु पारिश्रमिक प्रस्ताव गरेको कुराको खण्डन गरेका छन् ।

ऐश्वर्या फर्किँदा करीनालाई छुट्टी ?


गर्भवती भएसँगै तथा छोरी आराध्यलाई जन्म दिएपछि बलिउडकी नायिका ऐश्वर्या रायको वजन निकै बढ्यो । नोभेम्बरमा छोरी जन्माएसँगै वजन उधुम बढेपछि यी सुन्दरी नायिकाको निकै आलोचना भयो र उनको फिल्मी करिअर सकिएको टिप्पणी पनि सुनिन थाल्यो । तर यी आलोचना तथा टिप्पणीबाट माथि उठ्दै विश्वसुन्दरी समेत रहेकी ऐश्वर्या रायले र्फममा फर्किने संकेत गरेकी छिन् ।
हालै केही सार्वजनिक कार्यक्रम तथा एक विज्ञापनमा समेत देखा परेकी ऐश्वर्या रायले आफ्नो वजन निकै घटाएकी मात्र छैनन् पहिलोको जस्तै सुन्दरता समेत फर्काएकी छिन् । वास्तवमा ऐश्वर्याको यस्तो पुनरागमन बलिउडमा अहिले चल्तीका अभिनेत्रीका लागि खतराको घण्टी भएको विश्लेषकहरु बताउँछन् ।
ऐश छोरी हुर्काउन ब्रेकमा बसेपछि बलिउडमा करीना कपूरको चुरीफुरी ह्वात्तै बढेको थियो । ऐश्वर्याको अनुपस्थितिमा दीपिका पादुकोणको पनि भाग्य खुल्यो र उनले केही फिल्ममा मौका समेत पाइन् । अब ऐशको पुनरागमनपछि करीना र दीपिकालाई छुट्टी मिल्ने अनुमान धेरैले गरेका छन् । यी दुइमात्र होइन कटरिना कैफको क्रेजमाथि पनि खतराको घण्टी बज्नसक्ने अनुमान छ ।
ऐश्वर्या राय फिल्ममा कहिले फर्किनेहुन् त्यो त भन्न सकिन्न । तर हालै केही सार्वजनिक समारोहमा उपस्थित भएर आफ्नो जिउ तथा सुन्दरता प्रदर्शन गर्न तम्सिनुले उनी फिल्ममा फर्किन आतुर छिन् भन्ने देखाउँछ । ऐश्वर्याको फिर्ति उनका फ्यानका लागि खुसीको खबर बन्नसक्छ तर बलिउडमा उनका प्रतिस्पर्धी नायिकाका लागि भने त्यो खतराको घण्टी बन्ने पक्का छ ।

‘टाइगर’ले ८ दिनमै तोड्यो ‘दबंग’को रेकर्ड

सलमान खानको पछिल्लो फिल्म एक था टाइगरले बलिउड बक्स अफिसमा धमाकेदार प्रदर्शन गर्ने क्रममा खानको अघिल्लो फिल्म दबंगको रेकर्ड तोडेको छ ।
रिलिज भएको ८ दिनमै झण्डै डेढ अर्ब भारु कमाइ गर्दै एक था टाइगर २ अर्ब कमाउने दिशामा समेत लम्किएको छ । यो फिल्मले सुरुवाती ८ दिनमै भारतमा मात्रै १ अर्ब ४७ करोड ६० लाख भारु कमाइ गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।
यो फिल्म भारतका विभिन्न ३३ सय हलमा प्रदर्शन भैरहेको छ । इद तथा राष्ट्रिय दिवसको विदा लगायतका कारण एक था टाइगरले सुरुवाती दिनमा प्रसस्तै दर्शक बटुल्न सफल भएको थियो । एक हप्ता बितिसक्दा पनि फिल्मप्रतिको क्रेज घटेको छैन । यो फिल्मले सोमबार २०.६८ करोड, मंगलबार १६.३१ तथा बुधबार १०.४५ करोड कमाइ गर्न सफल भएको छ ।
यो सँगै एक था टाइगरले बलिउडमा यसअघिका सबै ब्लकवस्टर फिल्मले राखेका सबै रेकर्ड तोड्न सफल भएको छ । रा.वन, अग्नीपथ, थ्री इडियट्स, दबंग तथा बडीगार्ड जस्ता फिल्मको रेकर्ड एक था टाइगरले तोडेको हो । सलमानको यसअघिको सुपरहिट फिल्म दबंगले जम्माजम्मी कमाएको १ अर्ब ४७ करोडको सिमा एक था टाइगरले ८ दिनमै पार गरेको हो ।
विश्लेषकहरुका अनुसार सलमानको टाइगरले बलिउडमा यस्ता केही रेकर्डहरु कायम गर्दैछ जसलाई तोड्न सलमान आफैले बाहेक अरु स्टारलाई प्रायः असम्भव नै हुनेछ ।

Tuesday, February 7, 2012

TALAASH

Release Date
June 1, 2012

.

.


Genre
Suspense, Drama

Banner / Distributor
Aamir Khan Productions, Excel Entertainment

Talaash Cast

Aamir Khan
Kareena Kapoor
Rani Mukerji

Talaash Crew

Director
Reema Kagti

Producer
Farhan Akhtar, Ritesh Sidhwani, Aamir Khan

Story Writer
Reema Kagti, Zoya Akhtar